असिनापानीले हिउँदेबालीमा क्षति पुर्याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलनको तयारी थालेका छन्।
म्याग्दी– म्याग्दीमा सोमबार साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्याएको छ। लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पुर्याएको हो।
रघुगंगामा दिउँसो करिब २ बजेदेखि शुरू भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो। असिनाले खेतबारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ। त्यसैगरी खेतमा भर्खर उम्रिएका मकैबालीसमेत असिनाले पूर्ण रूपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन्। असिनाले सुन्तला, कागतीलगायतका फलफूलमा लागेको फूल झारेको छ।
रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनी नगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको थियो।
असिनाले गहुँ, जौ, तोरी लगायतका खाद्यबालीसँगै तरकारी खेतीमा ठूलो क्षति पुर्याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले बताए। ‘‘हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकैपटक असिना पानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रूपमा नष्ट गरेको छ,’’ कृषक बानियाँले भने।
असिनापानीले हिउँदेबालीमा क्षति पुर्याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलन गर्ने काम शुरू गरेको जनाएका छन्। असिनापानीले पुर्याएको क्षतिको वडास्तरबाट विवरण संकलन गर्न थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
