प्रस्तावमा इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा तत्काल युद्धविराम गर्न र बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरिएको बताइएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्बाट गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ। परिषद्बाट सोमबार गाजामा तत्काल र दीर्घकालीन युद्धविराम माग गरिएको प्रस्ताव पारित गरेको हो। उक्त प्रस्तावमाथिको मतदानमा अमेरिकाले भाग लिएको थिए।
चीन र रुससहित १४ राष्ट्रले समर्थन गरेको उक्त प्रस्तावमा इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा तत्काल युद्धविराम गर्न र बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघिका चार वटा युद्धविरामसम्बन्धी प्रस्ताव विफल भएका थिए। जसमा अमेरिकाले गत शुक्रबार अगाडि सारेको एउटा प्रस्ताव पनि समावेश छ, जसमा चीन र रुसले भिटो प्रयोग गरेका थिए। जसले गर्दा गाजा क्षेत्रमा मानवीय संकट बढेको थियो।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरू भएयता गाजामा कम्तीमा ३२ हजार जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ। त्यस्तै, ७४ हजार ६९४ जना घाइते भएका छन्।
इजरायलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब १२ सय जनाको मृत्यु भएको थियो। प्रतिकार स्वरूप गाजामा सैन्य कारबाही शुरू गरेयता २५२ जना इजरायली सैनिक मारिएको बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई समाप्त पार्न राफामा सैन्य अभियान आवश्यक रहेको बताउँदै आएका छन्। तर राफामा योजनाबद्ध सैन्य आक्रमणलाई लिएर इजरायल र उसको प्रमुख सहयोगी देश अमेरिकाबीच मतभेद देखिएको थियो।
अमेरिकाले यसअघि गाजामा युद्धविराम गर्नेसम्बन्धी तीन वटा प्रस्तावमा भिटो प्रयोग गरेको थियो। तर इजरायलसँगको मतभेदबीच अमेरिका आफ्नो अडान फेर्दै यसपटकको मतदानमा सहभागी भएन। प्रस्ताव परिषद्का १० अस्थायी सदस्य राष्ट्रले अगाडि सारेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
