पन्जाबले दिएको १७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बाँकी छँदै पूरा गर्यो। बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रन बनाए।
काठमाडाैँ– इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले दोस्रो खेलमा आएर जित निकालेको छ। पहिलो खेलमा बेंग्लोर चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित बेंग्लोरले सोमबार राति भएको खेलमा पन्जाबलाई ४ विकेटले पराजित गरेको हो।
पन्जाबले दिएको १७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बाँकी छँदै पूरा गर्यो। बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रन बनाए। दिनेश कार्तिक २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे। त्यस्तै रजत पढिदरले १८ र अनुज रावतले ११ रनको योगदान गरे।
पन्जाबका लागि हरप्रित ब्रार र काशिगो राबाडाले २/२ तथा हर्ष पटेल र साम कुरानले १/१ विकेट लिए।
यसअघि बेंग्लोरको एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो। पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए।
प्रभ सिमरन सिंहले १७ बलमा २५ रन तथा जितेश शर्माले २० बलमा २७ रन बनाए। शंशाक सिंहले ८ अविजित २१ रन र साम करनले १७ बलमा २३ रन बनाए।
बेंग्लोरका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान २/२ तथा अल्जारी जोसेप र यस दयालले समान १/१ विकेट लिए।
जारी आईपीएलमा पन्जाबको यो पहिलो हार हो। पहिलो खेलमा पन्जाबले दिल्ली क्यापिटल्समाथि ४ विकेटको जित निकालेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
