कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

अहिले कोशी, मधेश तथा बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ।

काठमाडाैँ– अहिले कोशी, मधेश तथा बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ।

कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती  र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति  देशभर आंशिक बदली रहने छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।