इजरायल अमेरिकासँग रिसाउनुकाे कारण गाजामा युद्धविरामको प्रस्ताव मतदानमा अमेरिकाको गैरभिटो हो।
संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायल अमेरिकासँग रिसाएको छ।
इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ। इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ। उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए।
इजरायल अमेरिकासँग रिसाउनुकाे कारण गाजामा युद्धविरामको प्रस्ताव मतदानमा अमेरिकाको गैरभिटो हो। सोमबार भएको मतदानमा अमेरिकाले भाग लिएको थिएन। तर, ह्वाइट हाउसले मतदान प्रक्रियामा सहभागी नहुनुलाई अमेरिकाको नीतिमा परिवर्तन नभएको बताएको छ। ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले पनि अमेरिकाले आफ्नो निर्णयबारे इजरायलसँग कुरा गर्ने बताएका छन्।
इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा तत्काल युद्धविराम गर्न र बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गर्दै चीनले ल्याएको उक्त प्रस्तावमा रुससहित १४ राष्ट्रले समर्थन गरेका थिए।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरू भएयता गाजामा कम्तीमा ३२ हजार जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ। त्यस्तै, ७४ हजार ६९४ जना घाइते भएका छन्।
इजरायलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब १२ सय जनाको मृत्यु भएको थियो। प्रतिकार स्वरूप गाजामा सैन्य कारबाही शुरू गरेयता २५२ जना इजरायली सैनिक मारिएको बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई समाप्त पार्न राफामा सैन्य अभियान आवश्यक रहेको बताउँदै आएका छन्। तर राफामा योजनाबद्ध सैन्य आक्रमणलाई लिएर इजरायल र उसको प्रमुख सहयोगी देश अमेरिकाबीच मतभेद देखिएको थियो।
अमेरिकाले यसअघि गाजामा युद्धविराम गर्नेसम्बन्धी तीन वटा प्रस्तावमा भिटो प्रयोग गरेको थियो। तर इजरायलसँगको मतभेदबीच अमेरिका आफ्नो अडान फेर्दै यसपटकको मतदानमा सहभागी भएन। प्रस्ताव परिषद्का १० अस्थायी सदस्य राष्ट्रले अगाडि सारेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
