टी–२० अभ्यास खेलअन्तर्गत नेपाल र आयरल्यान्ड ‘ए’बीचको अन्तिम खेल आज

दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई पराजित गरेको थियो।

काठमाडौँ– टी–२० अभ्यास खेलअन्तर्गत नेपालले मंगलबार (आज) आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात् अन्तिम खेल खेल्ने भएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट खेल शुरू हुनेछ। दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। आज दोस्रो अर्थात् अन्तिम खेल हुन लागेको हो। 

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई पराजित गरेको थियो। आयरल्यान्ड उल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।