२३ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

​​​​​​​प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।

काठमाडाैँ– नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ। तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।