भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी पोषणयुक्त चामल उत्पादन गरिन्छ।
सुर्खेत– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।
हालसम्म हुम्लामा एक हजार ९२० क्विन्टल, मुगुमा एक हजार १७३ क्विन्टल, जुम्लामा १३०, डोल्पामा ५३५, कालीकोटमा १५० क्विन्टल गरी तीन हजार ९०८ क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए।
आठ वटा पौष्टिक तत्त्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ। हालसम्म ८ हजार ४७६.९० क्विन्टल चामल उत्पादन भएको छ। ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्त्व मिलाएर उत्पादन गरिने उनले बताए। हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ।
निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिने छ। दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्त्व मिसाएर बनाइन्छ। हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्त्व स्तरोन्नति भइरहेको छ।
यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी उत्पादन गरिन्छ। स्तरोन्नति गरिएको चामलमा आइरन, जिंक, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ।
दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ। खाद्यविज्ञका अनुसार पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्त्व प्राप्त हुन्छ।
चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलीग्राम, जिंक ३२ देखि ५९ मिलीग्राम, भिटामिन ‘ए’ ०.८९ देखि २.२१, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी–१२ भने ०.००७ देखि ०.०२० मिलीग्राम हुनुपर्ने छ। पौष्टिक तत्त्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिंक स्रोतका लागि जिंक अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ।
निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ। नेपाल जनसांखिकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन्। नेपालमा विभिन्न प्रकारका कुपोषणको दरमा सुधार आइरहेको भए पनि सुक्ष्म पोषक तत्त्वको कमीका कारण हुने कुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ।
अन्य चामल कहाँ कति पठाइयो
कर्णालीका ३६ वटा डिपोमा प्रदेश कार्यालयबाट स्टिम जिरा चामल १६ हजार ८२०.२५ क्विन्टल चामल पठाइएको छ। त्यस्तै अरुवा मोटो चामल ५९० क्विन्टल, अरुवा सोना चामल १५ क्विन्टल, मोटा चामल ४३३ क्विन्टल, मकवानपुर चामल ९१२ क्विन्टल, स्टिम जिरा चामल ९४३.५० क्विन्टल कर्णालीका जिल्लामा पठाएको छ। लहान, थापाथली, वीरगञ्ज, विराटनगर, राजापुर, धनगढी, विर्तामोड, महेन्द्रनगरबाट कर्णालीमा खाद्यान्न आउने गर्दछ। यसमध्ये अघिल्लो वर्षको १००१.२५ क्विन्टल चामल मौज्दात थियो। २५० क्विन्टल गहुँ दैलेख शाखामा पठाएको कम्पनीले जनाएको छ।
६ वर्षपछि उपल्लो डोल्पामा पुग्यो चामल
कोरोना महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा चालु आवदेखि चामल पठाउन शुरू गरिएको छ। शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा खाद्यान्न ढुवानी भएको छ। साल्दाङमा ५०० क्विन्टल र धो मा १०५ क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्याइएको छ। साल्दाङमा प्रतिकेजी ९५ र धो मा ९४ रुपैयाँमा बिक्री हुने गरेको प्रदेश कार्यालयले जनाएको छ। डोल्पाको जुफाल, सहरतारा र दुनै शाखामा पनि चामल पठाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
