फ्लोरिडा राज्यका गभर्नरले १४ वर्षमुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाता राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्।
संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्षमुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाता राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्।
यो कानूनले सामाजिक सञ्जालमा खाता खोल्नका लागि १४/१५ वर्षका बालबालिकाले अभिभावकको सहमति लिनुपर्ने व्यवस्था गरेको छ।
यो व्यवस्था अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षित राख्न सहयोगी बन्ने विश्वास गरिएको छ। सन् २०२५ जनवरी १ देखि यो विधेयक कार्यान्वयनमा आउनेछ।
नयाँ कानूनसँगै अर्कान्सास, क्यालिफोर्निया, लुइजियाना, ओहायो र युटापछि फ्लोरिडा सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गर्ने नियम लागू गर्ने अर्को एक अमेरिकी राज्य बनेको छ।
सामाजिक सञ्जालमा पहुँचसम्बन्धी यो कानूनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकालाई पार्ने नकारात्मक असरलाई रोक्न मद्दत मिल्ने कानूनका जानकारहरूको तर्क छ।
हालै पारित नयाँ कानूनले अन्य राज्यमा पहिले नै चलिरहेको चुनौतीको जस्तै कानूनी विरोधको सामना गर्न सक्ने विश्वास गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
