गृहमन्त्री रवि लामिछानेले यात्रुहरूलाई विमानस्थलमा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल रोक्न आग्रह गरेका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले यात्रुहरूलाई विमानस्थलमा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल रोक्न अध्यागमन विभागका कर्मचारीलाई आग्रह गरेका छन्।
काठमाडौँको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीसँगको भेटमा गृहमन्त्री लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न आग्रह गरेका हुन्। उनले विमानस्थलमा सहानुभूतिसहित सकारात्मक व्यवहार गरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीलाई निर्देशन दिए।
“विदेशीका लागि अध्यागमन देशको मुहार हो। मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनूस्। मन्त्रालय निर्देशन होइन सहकार्य गर्न तत्पर छ,” उनले भने।
केही खराब मान्छेका कारण धेरै इमानदारले दोष पाउने गरेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले खराबलाई बेलैमा चिनेर इमानदारलाई प्रोत्साहित गर्न आग्रह पनि गरे।
अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउन, जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोतसाधन सम्पन्न बनाउन चुनौती रहेको उल्लेख गरेका उनले सुधार गर्न सकिने आधार पनि प्रस्तुत गरेका थिए।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए। सो अवसरमा विभागका महानिर्देशक कोषहरि निरौलाले विभागको कामकारबाही, समस्या र चुनौतीबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
