डोल्टी पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरि लघुवित्तको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० को विन्दुमा कायम भएको हो।
विभिन्न ३१० कम्पनीका ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर ४९ हजार ५१२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा वित्त समूह ०.०६, जीवन बीमा समूह ०.१८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेका छन्। अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.११ र जलविद्युत् समूह १.५८ प्रतिशतले बढेको छ।
डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको नौ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार ६२४ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
