मालवाहक पानीजहाज ठोकिएर अमेरिकी शहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल)मा क्षति पुगेको छ।
मालवाहक पानीजहाज ठोकिएर अमेरिकी शहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल)मा क्षति पुगेको छ। पुल भत्किँदा कैयन् सवारीसाधान नदीमा खसेका छन्।
उद्धारकर्ताहरूले पानीमा खसेका २० जनाको खोजी गरिरहेको मेरिल्यान्ड यातायात प्राधिकरणले जनाएको छ। पानीजहाजको ठक्करबाट ‘आई–६९५ कि ब्रिज’मा आंशिक क्षति पुगेको प्राधिकरणले अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गर्दै सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ।
प्राधिकरणले भिडियो सन्देशमार्फत सवारीचालकलाई उक्त पुल प्रयोग नगर्न भनेको छ। प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवै तर्फका सडक बन्द गरिएको जनाएको हो।
बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले एनबीसी न्युजलाई केही व्यक्ति नदीमा खसेर हराइरका हुन सक्ने बताए।
स्थानीय अधिकारीले कम्तीमा २० जना नदीमा खसेर हराइरहेका बताएका छन्। यद्यपि कति जना हराइरहेका छन् भन्ने पूर्ण विवरण आइनसकेको उनीहरूको भनाइ छ।
पानीजहाजहरूका बारेमा जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ले मंगलबार बिहान डाली नामक सिंगापुरको ध्वजावाहक कन्टेनर जहाज पुलमुनि दुर्घटनाग्रस्त रोकिएको देखाएको थियो। मरिन ट्राफिका अनुसार जहाज करिब ३०० मिटर (९८४ फिट) लामो छ भने यसको चौडाइ करिब ४८ मिटर (१५७ फिट) छ।
“कन्टेनर जहाज डाली, फ्रान्सिस स्कट की ब्रिजमा १:२७ बजे ठोक्कियो र पछि ब्रिज भत्कियो,” अमेरिकी कोस्टगार्डको पाँचौँ जिल्लाका सार्वजनिक मामिला अधिकारी किम्बर्ली रिभ्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बाल्टिमोरका मेयर ब्रान्डन स्कुट र बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सेव्स्की जुनियरले घटनाबारे जानकारी पाएलगत्तै उद्धार कार्यका लागि उद्धारकर्मी खटाइएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
