सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अंगरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अंगरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका अंगरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई मंगलबार थुनामुक्त गर्न आदेश गरेको हो।
“हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानूनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको समेतको अनुसन्धान तहकिकातको कार्य कानूनसम्मत नभई निवेदकको थुना गैरकानूनी देखिन आयो,” आदेशमा भनिएको छ।
आदेशमा निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्रलगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानूनी थुनाबाट मुक्त गरिदिनू भनिएको छ।
धिमाल र खड्कालाई प्रहरीले यही चैत ५ गते सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा पक्राउ गरेको थियो। साथबाट अत्याधुनिक हतियार बरामद भएपछि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरुरी पक्राउ पुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धानसमेत थालेको थियो। त्यसविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनीहरूलाई तत्काल रिहा गर्न आदेश दिएको हो।
सर्वोच्चले हतियारका सम्बन्धमा आवश्यक छानबिन गर्न तथा अदालत, न्यायिक निकाय या अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानूनी व्यवस्था गर्नू भनी गृह मन्त्रालयका नाममा पनि आदेश दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
