मन्त्रालयले गौतमश्री सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पत्राचारसमेत गरेको छ।
काठमाडौँ– सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्या ग्रस्त घोषित गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मंगलबारको निर्णय अनुसार गौतमश्री सरकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो।
मन्त्रालयका सहसचिव, प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिस्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पत्राचारसमेत गरेको छ। बचतकर्ताले रकम फिर्ता नपाएको उजुरीपछि सहकारी विभागले २०७९ साउन १९ गते उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफरिस गरेको जनाएको थियो। उक्त सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताले १ अर्ब ७५ करोडको मागदाबीसहित विभागमा उजुरी दिएका थिए।
सहकारी विभागका अनुसार २०७४ सालयता १३ वटा सहकारी समस्याग्रस्त घोषणा गरिएको छ। पछिल्लोपटक भदौ १ गते सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो।
समस्याग्रस्त सहकारी संस्थाको सूचीमा ओरेण्टल को-अपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड सेभिङ एन्ड को-अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को-अपेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लि., कोहिनुर हिल सेभिङ एन्ड को-अपरेटिभ लिमिटेड, कन्ज्यूमर बचत तथा ऋण सहकारी संस्था लि., कुबेर बचत तथा ऋण सहकारी संस्था लि., चार्टर सेभिङ एन्ड को-अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लि., स्ट्यान्डर्ड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लि., लुः निभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
