दोस्रो खेलमा पनि नेपाल बहराइनसँग पराजित

नेपाल ४ खेलमा अंकविहीन रहँदै समूहको पुछारमा छ। ९ अंक रहेको बहराइन दोस्रो स्थानमा छ।

काठमाडौँ– विश्वकप छनोटअन्तर्गत बहराइनसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल ३–० ले पराजित भएको हो।

घरेलु टोलीलाई सहज जित दिलाउन सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ र कोमाइल इलसवाद १–१ गोल गरे। सबै गोल पहिलो हाफमा भएका थिए।  

यसअघि पहिलो खेलमा बहराइनसँग नेपालले ५–० को हार बेहोरेको थियो। नेपाल ४ खेलमा अंकविहीन रहँदै समूहको पुछारमा छ।

यूएई १२ अंकसहित समूहको शीर्ष स्थानमा छ। ९ अंक रहेको बहराइन दोस्रो र यमन ३ अंकसहित तेस्रो स्थानमा छन्।