तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल २१ करोड ६८ लाख लागतमा निर्माण भएको छ। 

दमौली– तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमा पक्की पुल बनेको छ। 

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल २१ करोड ६८ लाख लागतमा निर्माण भएको हो। 

२०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो। चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र २२० मिटर लामो छ।