गत वर्ष तीन हजार २५० रुपैयाँ प्रतिक्विन्टल मूल्य कायम भएको चैते धान हाल चार हजार २५० प्रतिक्विन्टल पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
भद्रपुर– चैते धानको मूल्यमा वृद्धि भएसँगै यसको खेतीतर्फ पनि झापाका किसान आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजार रुपैयाँले वृद्धि भएको छ।
गत वर्ष तीन हजार २५० रुपैयाँ प्रतिक्विन्टल मूल्य कायम भएको चैते धान हाल चार हजार २५० प्रतिक्विन्टल पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार लागत कम र मूल्य बढी पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन्। २०७९/८० मा १९ हजार ८५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकामा यस वर्ष बढ्ने केन्द्रले जनाएको छ।
कनकाई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो। कनकाई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो। शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ।
“विगतमा ४० देखि ५० किलो धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० किलो बीउले पुग्यो,” उनले भने, “एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो । यसको प्रत्यक्ष लाभ किसानले पाउँछन् ।”
गौरादह नगरपालिका–९ का किसान यादव रिमाल आधुनिक प्रविधिको प्रयोग गरेर कम लागतमा चैते धान लगाउन पाएकामा मक्ख छन्। उनले ज्ञान केन्द्रको सहयोगमा आफूले आधुनिक प्रविधि प्रयोग गरेर धानखेती गरेको बताए। विगतमा जस्तो सिँचाइ असुविधा, धानको मूल्यमा समस्या नहुँदा पनि चैत धानखेतीप्रति उत्साहित भएर लगाएको भनाइ छ।
गौरीगञ्ज गाउँपालिका– १ का किसान इन्द्रबहादुर राजवंशीले ज्ञान केन्द्रले किसानले उत्पादन गरेको धान खेतबाटै जिल्लाका विभिन्न राइसमिलमा बिक्रीको व्यवस्था मिलाइदिएको बताए। “प्रविधिको प्रयोग गरेर खेती गर्दा अलि झन्झट भए पनि प्रतिफल राम्रो दिन्छ,” उनले भने।
कृषि ज्ञान केन्द्रका अनुसार २०७९/८० मा झापा जिल्ला चैते धान १९ हजार ८५० हेक्टर क्षेत्रफलमा लगाइएकामा एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
