कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था आउन नदिन गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने एमाले सांसद रघुजी पन्तले बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन्।
बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानबिन गर्न ध्यानाकर्षण गराएका हुन् ।
“दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन? संसारमा निहत्था नागरिकको हत्याका घटनालाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ,” उनले भने, “यस्ता हतियार कति जनालाई दिइएको छ? कति हजारको संख्यामा छ। त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रूपमा लिएको छ ?”
सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको प्रकार हेर्दा यसको लाइसेन्स जारी गर्ने नीतिमाथि पुनर्विचार गर्नुपर्ने उल्लेख गरे।
यस्तै, उनले यस्ता हतियार कति दिइएको हो त्यसको तथ्यांक माग गरेका छन्। “दुर्गा प्रसाईंलाई दिएको जस्तो हतियार कतिलाई दिइएको छ, रेकर्ड छ? फिर्ता लिनुपर्छ कि पर्दैन?,” उनले भने।
कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था आउन नदिन गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने पन्तको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
