रंगकर्मी र प्रशिक्षकलक्षित कार्यशाला रसियन हाउस कमलपोखरीको सहयोगमा हुन लागेको हो। चैत्र १७ देखि २६ सम्म हुने कार्यशालामा २० जना रंगकर्मीहरूको सहभागिता रहनेछ।
काठमाडौँ– काठमाडौँमा माइकल चेवक पद्धतिबारे कार्यशाला हुँदै छ।
रंगकर्मी र प्रशिक्षकलक्षित कार्यशाला रसियन हाउस कमलपोखरीको सहयोगमा हुन लागेको हो। चैत्र १७ देखि २६ सम्म हुने कार्यशालामा २० जना रंगकर्मीहरूको सहभागिता रहने नाट्यकर्मी टंक चौलागाईंले बताए।
उनका अनुसार काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल, भ्याली भ्यु स्कुल र न्यारेटिभ नेपाल पनि सहयोगीका रूपमा जोडिएका छन्। माइकल चेवक पद्धतिलाई फैलाउनु कार्यशालाको मुख्य उद्देश्य रहेको चौलागाईंले जानकारी दिए।
माइकल चेवक अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक योर्ग आन्द्रेस हुन्। उनी विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिन पुग्छन्। नेपाल आउनुअघि उनले रसियाको मस्कोमा कार्यशाला सञ्चालन गरेका थिए। युरोप र एशियाका धेरै देशमा यो पद्धति चर्चित छ।
स्कुल थिएटर यो पद्धतिलाई नेपालमा स्थापना गराउन लागिपरेको छ। गत वर्ष यो पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका तथा प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन्। उनले दुई महिना लामो कार्यशाला चलाएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
