बुधबार कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। यो हिजोको तुलनामा १२ करोड रुपैयाँले घटेको हो।
काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट देखिएको छ। मंगलबार १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको नेप्से परिसूचक आज १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा रह्यो।
सोमबार दोहोरो अंकको गिरावट आएको बजारमा मंगलबार सूचकमा सुधार भए पनि कारोबार रकम बढ्न सकेको थिएन। बुधबार अझ घटेको छ। कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। यो हिजोको तुलनामा १२ करोड रुपैयाँले घटेको हो।
१३ उपसमूहमा उत्पादन तथा प्रशोधनबाहेक सबै घट्दा उपसमूहसँगै कारोबार घटेको हो। व्यापार उपसमूह सर्वाधिक १.६० प्रतिशतले घटेको छ।
आज ५१ कम्पनीका शेयरमूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ। ६ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। सर्वोत्तम सिमेन्टको शेयरमा छैटौँ दिन पोजेटिभ सर्किट लागेको छ। बुक बिल्डिङबाट शेयर जारी गरेको उक्त कम्पनीको शेयर प्रति कित्ता ९८४ रुपैयाँ पुगेको छ।
आज सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट छ। उक्त कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख र सोनापुर मिनरल्सको ७ करोड ३३ लाखको शेयर कारोबार भएको छ।
शेयरमूल्य घटेकाको सूचीमा लघुवित्तहरू अगाडि छन्। सर्वाधिक घट्नेमा कालिका लघुवित्त पहिलो नम्बरमा छ। सृजनशील, उन्नति सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य घटेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
