आचारसंहिताविपरीत खेलेको भन्दै टिमका कप्तान गिलले न्यूनतम जरिबाना तिर्नुपर्ने आईपीएलले जनाएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टिम गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख भारतीय रुपैयाँ (भारु) जरिबाना तोकिएको छ। ‘स्लो ओभर रेट’का कारण आईपीएलले उनलाई उक्त जरिबाना तोकेको हो।
आईपीएल-२०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्सको टोली मंगलबार चेन्नई सुपर किंग्सविरुद्ध मैदानमा उत्रेको थियो। त्यस खेलमा गुजरातको टोलीले जानाजान सुस्त गतिमा खेलेको आरोप छ। आचारसंहिताविपरीत खेलेको भन्दै टिमका कप्तान गिलले न्यूनतम जरिबाना तिर्नुपर्ने आईपीएलले जनाएको छ।
आईपीएलले बुधबार जारी गरेको सूचनामा भनिएको छ, "यो टोलीको पहिलो गल्ती भएकोले आईपीएल आचारसंहिता अन्तर्गत उनीहरूलाई न्यूनतम जरिबाना लगाइएको छ।"
पहिलो खेलमा मुम्बई इन्डियन्सविरुद्ध जित निकालेको गुजरात टाइटन्सले मंगलबार चेन्नईसँग हार बेहोरेको थियो। चेन्नई सुपर किंग्सले ६ विकेट गुमाएर २०६ रन बनाएको थियो।
२०७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा टिमले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
