गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।
काठमाडौँ– सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगले सामाजिक सद्भाव बिथोलिएको गृहमन्त्रालयले निष्कर्ष निकालेको छ।
गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्। उनले मन्त्रालय यस्तो निष्कर्षमा पुगेपछि नै ६८ बुँदे निर्देशन जारी गरिएको पनि स्पष्ट पारे।
गृहमन्त्रालयले यही चैत ८ गते ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई ६८ बुँदे निर्देशन जारी गरेको थियो। सञ्चारमाध्यम, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रणलगायतका विषयलाई समेटेर सक्रिय भूमिका निर्वाह गर्न निर्देशन जारी गरिएपछि गृहमन्त्रालयले आफ्नो क्षेत्रबाहिरका अधिकार पनि सीडीओलाई दियो भन्दै आरोप लागेको थियो। तर सचिव अर्यालले सञ्चारमाध्यमको दुरुपयोगले सामाजिक सद्भाव बिथोलिएपछि शान्ति सुरक्षा कायम गर्न सीडीओलाई निर्देशन दिइएको उल्लेख गरे।
सामाजिक सञ्जालको दुरुपयोग गरेर नेपालगञ्जमा साम्प्रदायिक सद्भाव भड्काउने किसिमको काम भएपछि कफ्र्यु लाउनुपर्ने बाध्यता आएको उदाहरण दिँदै सचिव अर्यालले त्यसको असर अरु क्षेत्रमा पनि परेको बताए। सुरक्षा अवस्थाको चर्चा गर्दा सचिव अर्यालले पटक पटक साधन स्रोतको अभाव रहेको औँल्याएका थिए ।
उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग पर्याप्त साधनस्रोत नभएकाले अपराध नियन्त्रण, अनुसन्धान र सीमा सुरक्षा अनुगमनमा कठिनाइ भएको पनि बताए। अर्यालले मधेशमा सुरक्षा चुनौती अन्यत्र भन्दा बढी भएको भन्दै तस्करी, दलाली र अपराध कार्यमा संलग्न व्यक्ति तथा समूहले राजनीतिक संरक्षण पाएको पनि औँल्याएका थिए।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसमेत उपस्थित समितिको बैठकमा सचिव अर्यालले शान्ति सुरक्षा मजबुत पार्न स्थानीय तहका प्रशासन र सुरक्षा निकायलाई पनि पर्याप्त साधनस्रोत उपलब्ध गराउनुपर्ने भन्दै अर्थ मन्त्रालयलाई स्रोत उपलब्ध गराइदिन राज्य व्यवस्था समितिले निर्देशन गरिदिनुपर्ने माग पनि गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
