दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मुगु– गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको जिप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जिप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जनाइएको छ।
दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा जिप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छन्। घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हीरादिङ नेपाली र प्रेम नेपाली रहेका उनले बताए।
घाइते मन्जनेको अवस्था चिन्ताजनक रहेको बताइएको छ। प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
