म्यानपावर कम्पनीमार्फत इजरायलको कृषि क्षेत्रमा श्रमिक पठाउन भइरहेको भर्ना प्रक्रियालाई सरकारले तत्कालको लागि स्थगित गरेको छ।
काठमाडाैँ– म्यानपावर कम्पनीमार्फत इजरायलको कृषि क्षेत्रमा श्रमिक पठाउन भइरहेको भर्ना प्रक्रियालाई सरकारले तत्कालको लागि स्थगित गरेको छ।
वैदेशिक रोजगार विभागले बुधबार सूचना जारी गर्दै इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालको लागि उक्त प्रक्रिया स्थगन गरेको जनाएको हो। नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप सरकारी माध्यम (जीटुजी)बाट इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा नेपालबाट सहायक कामदारहरू पठाउँदै आइएको छ। त्यसबाहेक कृषि क्षेत्रमा आफूले पनि श्रमिक पठाउन पाउनुपर्ने म्यानपावर व्यवसायीको मागपछि यसअघिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको पालामा व्यापारिक मोडेल (बीटुबी) लागू गर्दै त्यो बाटो खोलिदिएको थियो।
तर बुधबार एक सूचना जारी गर्दै विभागले हाल बीटुबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेको भन्दै उक्त प्रक्रिया स्थगित गरिएको जनाएको हो।
विभागका अनुसार यस विषयमा थप कुनै निर्णय भएमा विभागको वेबसाइटबाट सार्वजनिक रुपमा सूचना प्रकाशन गरिनेछ। त्यस्तै इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति, संस्था तथा समूहहरुले गैरकानूनी रुपमा रकम उठाउने गरेको सूचना विभागमा प्राप्त भएकाले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहनसमेत विभागले सबैलाई आग्रह गरेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
