करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो 'फुड वेस्ट इन्डेक्स रिपोर्ट'मा उल्लेख छ।
काठमाडाैँ– विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन्। बुधबार संयुक्त राष्ट्रसंघले खानाको यस्तो नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ।
करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो 'फुड वेस्ट इन्डेक्स रिपोर्ट'मा उल्लेख छ। रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो। यसमा अधिकांश घरहरूबाट खेर गएका हुन्।
राष्ट्रसंघीय पर्यावरण कार्यक्रम (यूएनईपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले विज्ञप्तिमा भनेका छन्, “खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण मानिसहरू भोकै बस्नेछन्।” रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ।
खानाको नोक्सानीले उड्ड्यन क्षेत्रले पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्दछ। गैरनाफामूलक संगठन डब्ल्यूआरएपीसँग सहलेखन गरिएको उक्त रिपोर्ट राष्ट्रसंघले संकलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्ण तस्वीर प्रदान गर्ने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
