राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनायो। जुन आईपीएल इतिहासकै उच्च योगफल हो।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।
कीर्तिमानी योगफलसहित रनको वर्षा भएको खेलमा बुधबार राति हैदराबाद ३१ रनले विजयी भयो। हैदराबादको यो लगातार दोस्रो जित र मुम्बईको दोस्रो हार हो।
राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हैदराबादले २७७ रनको योगफल खडा गर्यो। जुन आईपीएल इतिहासकै उच्च योगफल हो। यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले सन् २०१३ मा पुने वारियर्सविरुद्ध बनाएको २६३ रनको रेकर्ड थियो।

जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो। मुम्बईका तिलक बर्माले ३४ बलमा सर्वाधिक ६४ तथा ईशान किशनले १३ बलमा ३४ बनाए। यस्तै, रोहित शर्मा २६, नमन धिर ३० र हार्दिक पान्ड्या २४ रनमा आउट भए।
टिम डेविड ४२ रनमा नटआउट रहे। हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो। हैदराबादका लागि हेनरिक क्लासेन ३४ बलमा ४ चौका र ७ छक्कासहित ८० तथा एडेन माक्ररम २८ बलमा ४२ रनमा नटआउट रहे।

टविस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रनको आक्रामक इनिङ खेले। अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन बनाए।
मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कोट्जी र पियुष चावलाले १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
