नेपाल प्रहरीका ८ डीएसपीको बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले करिब आठ महिनादेखि रिक्त एसपीमा बढुवाका लागि आठ जना डीएसपीको नाम सिफारिस गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीका आठ जना डीएसपीको एसपीमा बढुवा सिफारिस गरिएको छ। 

प्रहरी प्रधान कार्यालयले करिब आठ महिनादेखि रिक्त एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

चैत १४ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सीफारिस हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढाकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे छन्।