बुधबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका नेता रायमाझीलाई चिकित्सकको निगरानीमा राखिएको छ।
काठमाडौँ– मुटुमा समस्या देखिएपछि नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।
बुधबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनलाई चिकित्सकको निगरानीमा राखिएको छ।
उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले रायमाझीलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए। उनको स्वास्थ्य अवस्था स्थिर रहेको डा. पौडेलको भनाइ छ।
“उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो,” डा. पौडेलले भने, “अहिले मुटुको ईसीजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ।”
नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
