बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराब भएका कारण काठमाडौँ अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।
काठमाडौँ– धनगढीबाट काठमाडौँका लागि उडेको श्रीएयरको जहाज भैरहवामा आपत्कालीन अवतरण गरिएको छ।
बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराब भएका कारण काठमाडौँ अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।
दुई घण्टा २२ मिनेट आकाशमा ‘होल्ड’ गर्दा पनि काठमाडौँमा अवतरण गर्न नसकेपछि भएपछि भैरहवामा आपत्कालीन अवतरण गरिएको श्रीएयरका धनगढी इन्चार्ज गजेन्द्र शाहीले जानकारी दिए। जहाज काठमाडौँमा अवतरण गर्न नसकेपछि ९ः ३४ भैरहवामा आपत्कालीन अवतरण गरिएको शाहीले बताए।
काठमाडौँमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए।
अढाई घण्टासम्म जहाज सम्पर्कविहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्त अतालिएका थिए। धनगढीबाट उडेको जहाजले काठमाडौँको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो ।
यात्रुका अनुसार विमानस्थलमा अवतरण गर्न जहाजका पाङ्ग्रा पनि खुलिसकेका थिए। कोटेश्वर नजिकबाट विमानस्थल देखिएको थियो तर जहाज धावनमार्गमा अवतरण नगरी माथि उडेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
