कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्ल्यूएचओका सदस्य राष्ट्रको तयारी बढाउने उद्देश्यले प्रयोगशालाका प्रतिनिधिले जेनेभामा छलफल गरेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्स–कोभ–२, मर्स–कोभ र नोबेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्यांकनका लागि नयाँ सञ्जाल, ‘कोभिनेट’ शुरू गरेको छ।
डब्ल्यूएचओले विश्वव्यापी रूपमा प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको छ। शुरूआती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोना भाइरस समेतमा ध्यान केन्द्रित गर्नेछ।
कोभिनेटले कोरोना भाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाको सञ्जालका रूपमा कार्य गर्नेछ। हाल डब्ल्यूएचओका २१ देशका ३६ वटा प्रयोगशालालाई नेटवर्कमा समावेश गरिएको छ।
कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्ल्यूएचओका सदस्य राष्ट्रको तयारी बढाउने उद्देश्यले २०२४–२०२५ का लागि कार्य योजनालाई अन्तिम रूप दिन प्रयोगशालाका प्रतिनिधि मंगलबार र बुधबार जेनेभामा भेला भएका थिए।
यस सञ्जालले कोरोना भाइरसको समयमै पहिचान, अनुगमन र मूल्यांकन सुनिश्चित गर्ने डब्ल्यूएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
