राष्ट्रियसभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्।
काठमाडौँ– राष्ट्रियसभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्। बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले राजीनामा पत्र बुझाएकी हुन्।
माओवादी केन्द्रबाट उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी अर्यालले हाल सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रकै नारायण दाहाल निर्वाचित भएपछि बिहीबार राजीनामा बुझाएकी हुन्।
राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भए पनि नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट उपाध्यक्षको आकांक्षा राखेको छ। एकीकृत समाजवादी सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई मनाएर गठबन्धन सरकारमा सहभागी हुन सहमत गराएका थिए। एकीकृत उपमहासचिव प्रकाश ज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गर्दै आएका छन्। सत्ता गठबन्धनबीच राष्ट्रिय उपाध्यक्ष एकीकृत समाजवादी या अरू कसैले लिने भन्ने औपचारिक सहमति भने भएको छैन।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
