अख्तियारले एमडीएमएस सेवा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरिएको विभागका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए।
एमडीएमएस खरिद प्रक्रियामा अनियमितता प्रकरणमा विभागले दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झाबाहेक पुरुषोत्तमप्रसाद खनाल, निर्देशक/वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक/निर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोदचन्द्र श्रेष्ठलाई पनि विपक्षी बनाएको छ।
त्यस्तै, निर्देशक दीपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक/उपनिर्देशक रेवतीराम पन्थ, सहायक निर्देशक/उपनिर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक/उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल, सहायक निर्देशक नीराजन कोइरालालाई पनि विभागले विपक्षी बनाएको छ।
उनीहरूले गरेको कामबाट ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ आफू तथा परामर्शदाता न्यौमेरा जेभीलाई गैरकानूनी लाभ र दूरसञ्चार प्राधिकरण/नेपाल सरकारलाई हानि नोक्सानी भएको विभागको दाबी छ। विभागले उनीहरूबाट २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ बिगो असुलउपर गर्नुपर्ने मागदाबी गरेको छ।
त्यस्तै, एमडीएमएस खरिदका लागि वार्तामा बसेका व्यक्तिहरू दातुक मोहम्मद नुर अमिन, दातुक मोहम्मद शिहाब, अनुज सिंह, जमिल अहमद र कबिन्द्र राज मल्लविरुद्ध पनि मुद्दा परेको छ। मुद्दामा नौमेराका दुई कम्पनीलाई पनि विपक्षी बनाइएको छ भने २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ असुलउपरको मागदाबी लिइएको विभागले जनाएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
