पहिलो खेल वर्षाका कारण रद्द भएपछि क्यानले खेल तालिका परिवर्तन गरेको छ।
काठमाडौँ– नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबीचको खेलको तालिकामा फेरबदल गरिएको छ।
कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा बिहीबारदेखि शुरू हुने भनिएको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिवर्तन गरी सार्वजनिक गरेको हो। वर्षाका कारण मैदान भिजेपछि पहिलो खेल रद्द भएको थियो।
नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबीच तीन टी२० तथा तीन वटा एकदिवसीय खेल हुँदै छ। परिवर्तित तालिकाअनुसार शुक्रबारदेखि टी२० सिरिज शुरू भई आइतबारसम्म सञ्चालन हुने छन्।
त्यसको एक दिनपछि अर्थात् अप्रिल ३ बाट एकदिवसीय खेल शुरू हुने छ। एकदिवसीयअन्तर्गत अन्तिम खेल अप्रिल ७ मा हुने क्यानले जनाएको छ।
यसअघि आयरल्यान्ड वल्भ्ससँग नेपालको सिनियर टोलीले दुई टी२० खेल खेलेको थियो। उक्त शृंखला नेपालले २–० ले जितेको थियो। पहिलो खेलमा नेपालले आयरल्यान्ड वल्भ्सलाई ६ विकेट पराजित गर्यो। दोस्रो खेलमा नेपाल ७१ रनले विजयी भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
