काठमाडौँ महानगरले संस्थागत विद्यालयलाई ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नामकरणको प्रक्रिया अघि बढाई एक महिनाभित्र व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न भनेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ। बिहीबार संस्थागत सबै विद्यालयका नाममा पत्र लेख्दै नियमबमोजिम ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नाम राख्न आग्रह गरेको हो।
शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गरिनुपर्ने हुन्छ। तर महानगरअन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीमा भएको व्यवस्थाबमोजिम नदेखिएको भन्दै नेपालीपन झल्कने नामकरणको प्रक्रिया अगाडि बढाइ एक महिनाभित्र जानकारी गराउन महानगरले भनेको हो।
“...नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालयको नामकरण गर्नको लागि प्रक्रिया अघि बढाई १ (एक) महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेस गर्नुहुन अनुरोध छ,” महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
