त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। उक्त घटना छानबिन गर्न त्रिवि कार्यकारी परिषद्को बिहीबारको निर्णयअनुसार तीन सदस्यीय समिति बनेको हो।
त्रिविका पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको त्रिविले बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। समितिलाई उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्नेबारेमा विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गत वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय र शिक्षाशास्त्र संकाय तर्फका शिक्षाको आधार विषयका उत्तरपुस्तिका हराएका थिए।
चैत २१ गते यी विषयका परीक्षा सञ्चालन गर्नेगरी त्रिविले सूचनासमेत प्रकाशित गरिसकेको छ। उत्तरपुस्तिका हराएको विषयलाई लिएर त्रिविप्रति असन्तुष्टि व्यक्त भइरहेको थियो। उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिविको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उच्चस्तरीय समितिले निष्पक्ष, निर्भीक र परिणाममुखी कार्य गर्ने वातावरण बनाउन शिक्षा मन्त्रालयले हदैसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नियमित जस्तो भइरहेका यस्ता घटनाहरूबारेमा जानकार रहेको उल्लेख गर्दै उनले एक्स(ट्विटर)मा लेखेकी छन्, “यसबाट परीक्षार्थीमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शंकाप्रति सबै सजग र संवेदनशील हुनै पर्छ। उत्तरपुस्तिका हराएका परीक्षार्थीको पुनः परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइनन्। यस्ता घटना दोहोरिन नदिन कारण पत्ता लगाएर सम्बन्धितलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
