चर्च ब्वाइजको जितमा समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८९औँ मिनेटमा निर्णायक गोल गरेका थिए।
धरान– इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
इटहरी रङगशालामा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो। चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो। यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो।
चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८९औँ मिनेटमा निर्णायक गोल गरेका थिए।
यसअघि आर्मीले साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ ले हराउँदै फाइनलमा पुगेको थियो।
फाइनल खेल शनिबार हुनेछ। विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
