कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याका कारण राष्ट्रव्यापी रूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टले देखाएको छ।
बेलायतका पाँचमध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताएका छन्।
विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिवर्तनसँग जुधिरहेको बिहीबार सार्वजनिक रिपोर्टले खुलासा गरेको हो।
कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याका कारण राष्ट्रव्यापी रूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको हो।
बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौं लाग्ने बताए।
‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीको सर्वेक्षणमा पनि ३० प्रतिशत शिक्षकले अघिल्लो हप्ता विद्यार्थी शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए।
११ देखि १८वर्षका विद्यार्थीसँग काम गर्ने १५ प्रतिशत शिक्षकले आफूले विद्यार्थीबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए।
कर्मचारीले अत्यधिक तनाव अनुभव गरिरहेको भन्दै शिक्षक संघ (एनएएसयूडब्ल्यूटी)ले हडताल नै गर्ने चेतावनी दिएको छ। संघले आफ्ना सदस्यसँग तलब, कामको बोझ र उनीहरूको कल्याणका विषय नवीकरण गर्ने औद्योगिक कारबाहीका लागि परामर्श गरिरहेको र आगामी दिनमा नतिजा घोषणा गर्ने बताएको छ।
एनएएसयूडब्ल्यूटीका महासचिव प्याट्रिक रोचले भने, “बेलायतका शिक्षकले कामको अत्यधिक बोझ र तनाव अनुभव गरिरहेका छन् । अधिकारमा सुधार नगरी उनीहरू अघि बढ्न सक्दैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
