समितिलाई दुर्गाप्रसाद प्रसाईंले झापा प्रशासनबाट हतियार राख्न लिएको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाहीको सिफारिस गर्नेलगायत कार्यादेश दिइएको छ।
काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईंले हतियार राख्न लिएको इजाजतपत्रबारे छानबिन गर्न माग गृह मन्त्रालयले समिति गठन गरेको छ।
गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिको सदस्यमा उपसचिवहरू ऋषि पौडेल र एकदेव अधिकारी तथा एसपी सन्तोष भट्टराई रहेका छन्।
समितिलाई दुर्गाप्रसाद प्रसाईंको नाममा जारी भएको हतियारको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाहीको सिफारिस गर्नेलगायत कार्यादेश दिइएको छ।
व्यक्तिगत रूपमा इजाजतपत्र प्राप्त गरेका हातहतियार प्रयोगको मापदण्ड निर्धारण गर्ने, हातहतियार खरखजाना सम्बन्धी ऐनमा गर्नुपर्ने सुधारका विषय पहिचान गर्नुपर्ने छ।
यसैगरी, इजाजत प्राप्त हातहतियारको दुरुपयोग रोक्न सो को अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने, हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने कार्यादेश दिइएको छ।
समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ। चैत ५ गते प्रसाईंका सहयोगी दीपक खड्का र राजकुमार धिताल अदालत परिसरबाटै पक्राउ परेका थिए। उनीहरूको साथबाट अर्धस्वचालित हतियार र गोली फेला परेको थियो।
उनीहरूलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो। सर्वोच्चले इजाजतपत्र दिन नहुने हतियार बोक्नका लागि इजाजत दिएको विषयमा पनि छानबिन गर्न आदेश दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
