जिल्ला प्रहरी परिसर काठमाडौँले गुण्डागर्दी तथा समाजमा भय त्रास सिर्जना गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको जनाएको छ।
काठमाडौँ– प्रहरीले काठमाडौँको कपन क्षेत्रबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले ताप्लेजुङको फुङ्लिङका प्रशान्त पराङदेवा लिम्बूलाई अवैध पेस्तोलसहित कपनस्थित सरस्वती नगरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँले गुण्डागर्दी तथा समाजमा भय त्रास सिर्जना गरेको अभियोगमा उनलाई पक्राउ गरेको जनाएको छ।
परिसरका अनुसार अहिले गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियान चलाइएको छ। सोही क्रममा शंकास्पद गतिविधि गरेको सूचना पाएपछि उनलाई पेस्तोलसहित पक्राउ गरिएको परिसरको भनाइ छ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आईफोन एक थान बरामद गरेको छ। पक्राउ परेका लिम्बूमाथि आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
