बैंकिङ कसुर शाखामा परेका उजुरीमध्ये २० प्रतिशतमा आपसी मेलमिलाप भएको शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीले बताए।
चितवन– जिल्ला प्रहरी कार्यालय, चितवनमा चालु आर्थिक वर्षको हालसम्म ७५३ बैंकिङ कसुरका उजुरी परेका छन्।
कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मंसिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो। चालु आवमा परेका निवेदनमध्ये १६५ मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए।
शाखामा परेका उजुरीमध्ये २० प्रतिशतमा आपसी मेलमिलाप भएको कार्कीले बताए। उनले भने, “केही छलफलकै क्रममा छन्।”
निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलमा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले जनाए। छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उनको भनाइ छ।
कार्कीका अनुसार यस शाखामा ५० हजारदेखि एक करोडसम्मका लेनदेनसम्बन्धी उजुरी आएका छन्। नौ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यक पर्ने उनले बताए।
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ। जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो।
अन्य मुद्दामाथि समेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। उनका अनुसार माघ ११ गतेदेखि गृह मन्त्रालयको निर्देशनअनुसार अनुचित लेनदेनका निवेदन प्रहरीले हेर्न थालेको हो।
सो क्रममा १६ लाख रुपैयाँ बराबरका निवेदनमा मिलापत्र भएको उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा ८६ निवेदनमध्ये २३ निवेदन कार्यालयले प्रहरीमा नआउँदै मिलापत्र गरेको थियो। भण्डारीका अनुसार अहिले प्रहरीले अनुचित लेनदेनका निवेदन नियमित लिने गरेको छ। निवेदनमाथि छलफल गराउँदा अनुचित ठहरिए सोहीअनुसार अघि बढ्ने र छलफलका क्रममा मिलापत्र भए मिलापत्र गर्ने गरेको उनले बताए।
प्रहरीमा निवेदन आएसँगै अहिलेसम्म कुनै पनि मुद्दा अदालतमा नगएको उनले जानकारी दिए। “हामी छलफलबाट समस्या समाधानका लागि लाग्छौँ, नमिलेको खण्डमा मात्रै मुद्दा दर्ता प्रक्रियामा अघि बढाउँछौँ,” उनले भने। बाँकी रहेका निवेदनमा समेत वादी र प्रतिवादी बोलाएर छलफल गराउने क्रम जारी रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
