सञ्चारमन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा पनि वैदेशिक लगानी ल्याउन कानूनी रूपमा असहजता देखिएको बारेमा छलफल भएको भन्दै ‘फास्ट ट्र्याक’बाट कानून संशोधन गर्ने तयारी गरिरहेको बताइन्।
काठमाडौँ– सरकारले फास्ट ट्र्याकबाट कानूनहरू संशोधन गर्ने तयारी गरिरहेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्। मन्त्री शर्माले दर्जनभन्दा बढी कानून फास्ट ट्र्याकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन्।
नेपाल इटाली च्यामबर अफ कमर्स एन्ड इन्डस्ट्रीको १०औँ वार्षिक साधारणसभामा शुक्रबार उनले मन्त्रिपरिषद् बैठकमा पनि वैदेशिक लगानी ल्याउन कानूनी रूपमा असहजता देखिएको बारेमा छलफल भएको भन्दै फास्ट ट्र्याकबाट कानून संशोधन गर्ने तयारी गरिरहेको जानकारी दिइन्।
“हिजोको मन्त्रिपरिषद्को बैठक वैदेशिक लगानीलाई ल्याउनका लागि हाम्रा ऐन, कानून र नीतिनियम अलि असहज र अप्ठ्यारा छन् भन्ने कुरा पनि भएको छ। हामीले दर्जनभन्दा बढी कानून फास्ट ट्र्याकबाट संशोधन गर्ने भनेर तयारी गरिरहेका छौँ,” उनले भने।
मन्त्री शर्माले नेपाल प्राकृतिक सांस्कृतिक र सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेकोले पर्यटकको संख्या गुणात्मक रूपमा बढाउन आवश्यक रहेको बताइन्। संस्थालाई इटालीसँगको दुई पक्षीय व्यापार अभिवृद्धि गरी नेपालमा थप लगानी गर्न इटालियनलाई थप उत्साहित गर्ने कार्ययोजना अगाडि सार्न उनको आग्रह थियो।
“प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको हाम्रो देशमा पर्यटकको संख्या गुणात्मक रूपमा बढाउन आवश्यक छ। दुई पक्षीय व्यापार अभिवृद्धि र पर्यटन प्रवर्द्धन सँगसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउन काम गर्दै आएको यो संस्थाले इटालियनका लागि थप लगानी गर्न उत्साहित गर्ने थप कार्ययोजनाअगाडि सार्न आग्रह गर्दछु,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
