जरिबानाको नियम लागू भएयता ९०० जना कारबाहीमा परिसकेका छन्, जसबाट वीरगन्ज महानगरले २७ लाख जरिबानाबापत राजस्व संकलन गरिसकेको छ।
वीरगन्ज– वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा जथाभाबी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार ९०० जरिबानाबापत राजस्व संकलन गरेको छ। जथाभाबी फोहोर फाल्ने व्यक्ति तथा संस्था गरी ३८० जनामाथि महानगरले कारबाही गरेको हो।
महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार गत २०७९ पुस १७ गतेदेखि जरिबानाको नियम लागू भएकोमा हालसम्म ९०० जना कारबाहीमा परिसकेका छन्। महानगरले २७ लाख दुई हजार ६०५ जरिबानाबापत राजस्व संकलन गरिसकेको छ।
“घर, पसल र कार्यालयबाट निस्किने फोहर जथाभाबी फाल्ने प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भने, “त्यो प्रवृत्ति निरुत्साहित गर्न हामीले जरिवाना गर्न थालेका हौँ।” अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ।
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ। वर्षायाम शुरू हुनुअघि महानगरपालिकाभित्रका सबै साना–ठूला नाला सफा गरिसक्ने प्रमुख मियाँले बताए।
“मेयर साबको मुख्य चाहना सफा, सुन्दर र वैभव वीरगन्ज बनाउने हो,” प्रमुख मियाँले भने, “त्यही योजनाअनुसार बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सफाइ गरिरहेका छौँ, तर सरसफाइ कर्मचारी हटाइएकाले समस्या भएको छ।”
केही वर्ष अघिसम्म वीरगन्ज महानगर दुर्गन्धित नगरका रूपमा चिनिन्थ्यो। वीरगन्जलाई सफा महानगर बनाउने लक्ष्यसाथ योजना अघि बढाइएपछि अहिले सफा र सुन्दर देखिन थालेको छ। तर बजेट अभावको कारण सरसफाइ गर्ने कर्मचारी हटाएपछि चुनौती थपिएको प्रमुख मियाँको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
