टी२० शृंखलाअन्तर्गतको पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित भएको छ।
काठमाडौँ– टी२० शृंखलाअन्तर्गतको पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग २१ रनले पराजित भएको हो।
आयरल्यान्ड उल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो। नेपालका लागि लोकश बमले शतकीय इनिङ्स खेले। उनले ५६ बलमा ९ चौका र ८ छक्काको मद्दतमा १०६ रन बनाए। आशिफ शेखले २६ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन बनाए। कप्तान विनोद भण्डारीले १६ रन बनाए भने अन्य नेपाल ‘ए’ टिमका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्ड उल्भ्सलाई ब्याटिङका लागि निम्त्याएको थियो। उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको योगफल बनायो।
आयरल्यान्ड उल्भ्सका लागि पिटर मोरले सर्वाधिक ४९ रन जोडे। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दत प्रहार गरे।
त्यस्तै, कप्तान नील रकले र काडे कारमाइकलले समान ३८/३८ रन बनाए। स्टेफन डोहिनीले ३४, गारेथ डेलानीले अविजित ३० रन बनाउँदा गाभिन होयले अविजित १८ रन बनाए।
बलिङ तर्फ नेपाल ‘ए’का लागि कमलसिंह ऐरीले ३ विकेट लिए। सागर ढकाल र आरिफ शेखको नाममा समान १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
