भारतबाट गाडी तथा मोटरसाइकल अवैध रूपमा नेपालमा ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले राजस्व छलेर ल्याइएका गाडी र मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।
काठमाडौँको नागार्जुन नगरपालिका–७, रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङको धुनिबेँसी नगरपालिका–७ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रवीण गिरी र काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार गाडी र मोटरसाइकल भन्सार छलेर तथा चोरीपैठारी गरी कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
भारतबाट अवैध रूपमा नेपाल ल्याइएका ती गाडी तथा मोटरसाइकल ड्राइभिङ सेन्टरमा प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। ड्राइभिङ सेन्टरमा प्रयोग भइरहेका एक थान अल्टो गाडी र दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको सूचना अधिकारी पोखरेलको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
