हार्वर्ड विश्वविद्यालयले आफ्नो पुस्तकालयमा राखिएको १९ औँ शताब्दीको एक पुस्तकबाट मानव छालाको गाता हटाएको छ।
अमेरिकाको हार्वर्ड विश्वविद्यालयले आफ्नो पुस्तकालयमा राखिएको १९ औँ शताब्दीको एक पुस्तकबाट मानव छालाको गाता हटाएको छ।
सन् १९३० देखि विश्वविद्यालयको हटन लाइब्रेरीमा राखिएको फ्रेन्च भाषाको ‘डेस डेस्टिनिज डे एइम’ पुस्तकमा प्रयोग गरिएको मानव छालाको गाता हटाइएको बीबीसीले जनाएको छ। जसको अंग्रेजी अर्थ ‘डेस्टिनी अफ द सोल’ तथा नेपालीमा आत्माको नियति भन्ने हुन्छ।
वैज्ञानिकहरूले सन् २०१४ मा नै उक्त गाता मानव छालाबाट बनाइएको प्रमाणित गरेका थिए। तर विश्वविद्यालयले १० वर्षपछि आएर बल्ल गत बुधबार गाता हटाएको घोषणा गरेको हो। अनैतिक तवरले किताबको ‘बाइन्डिङ’ गरिएको कारणले उक्त गाता हटाइएको विश्वविद्यालयले स्पष्ट पारेको छ।
उक्त पुस्तक सन् १८८० मा फ्रान्सेली लेखक अर्सेनी हुस्सेईले लेखेका थिए। पछि उनले त्यो पुस्तक आफ्नो साथी डाक्टर लुडोभिक बोल्यान्डलाई दिएका थिए। ती डाक्टरले नै त्यसमा मानव छालाको गाता चढाएका थिए। उनले आफू कार्यरत अस्पतालमा मृत्यु भएकी एक बिरामी महिलाको शरीरको छाला प्रयोग गरेका थिए।
डाक्टर बोल्यान्डको जन्म सन् १८३९ मा भएको थियो। तर ती महिला को हुन् र उनको मृत्यु ठ्याक्कै कहिले भएको थियो भन्नेबारे कुनै ठोस प्रमाण भेटिएको छैन।
त्यस पुस्तकभित्र डा बोलान्डद्वारा लेखिएको एक नोट छ, जसमा उनले लेखेका छन्, "मैले महिलाको पछाडिबाट लिएको मानव छालाको यो टुक्रा राखेको हो। मानव आत्माको बारेमा लेखिएको यो पुस्तक मानव आवरणको योग्य लागेरै मैले यसको प्रयोग गरेको हुँ।"
१६ औँ शताब्दीको शुरूआतदेखि नै पुस्तकमा मानव छालाको गाता प्रयोग गर्ने अभ्यास (एन्थ्रोपोडर्मिक बिब्लियोपेजी) गरिएको इतिहास भेटिएको छ। त्यतिबेला मृत्युदण्ड पाएका अपराधीहरूको शव वैज्ञानिक अनुसन्धानका लागि दिने र पछि तिनीहरूको छाला बुकबाइन्डरहरूलाई दिने गरेका थुप्रै विवरण भेटिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
