नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेशसभा संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेशसभा संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।
अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेख्दै सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्।
“१४ गते बुधबार टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएअनुसार सोहीबमोजिम सरकारबाट समर्थन फिर्ता लिन, सरकारबाट बाहिर आउन निर्देश गर्दछु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ,” पत्रमा भनिएको छ।
नागरिक उन्मुक्तिभित्र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् राख्ने या बाहिरिने भन्नेमा विवाद देखिएको छ। केन्द्रमा फेरिएको समीकरणमा सामेल हुँदै नागरिक उन्मुक्ति प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।
यता, नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई दिएको समर्थन यथावत् राखेको थियो। मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई पदमुक्त गर्दै नागरिक उन्मुक्तिका सांसदलाई मन्त्री बनाएका छन्। सुदूरपश्चिम प्रदेशसभामा रहेका नागरिक उन्मुक्तिका सात सदस्यमध्ये पाँच जना मन्त्री बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
