युक्रेनी वायुसेनाका अनुसार मस्कोले युक्रेनको ‘इन्धन र ऊर्जा क्षेत्र’लाई लक्षित गरेर रातारात ९९ वटा मिसाइल र ड्रोन प्रहार गरेको थियो, जसमध्ये ८४ वटा मिसाइललाई रोक्न युक्रेन सफल भएको थियो।
रुसी हवाई आक्रमणका कारण विद्युत् उत्पादन गृह क्षतिग्रस्त भएका र कम्तिमा एक व्यक्तिको मृत्यु भएको युक्रेनले शुक्रबार जनाएको छ। विद्युत् उत्पादन गृहमा भएको आक्रमणका कारण आपूर्तिमा असर परिरहेको युक्रेनी अधिकारीले बताएका छन्।
रुसको सीमा क्षेत्रहरूमा घातक युक्रेनी आक्रमणको प्रतिक्रियामा रुसले युक्रेनी ऊर्जा पूर्वाधारमा लक्षित गर्दै हालैका हप्तामा युक्रेनले हवाई आक्रमण बढाएको हो।
रुसी ड्रोन हमलामा परी दक्षिणपूर्वी शहर निकोपोल नजिकै ३९ वर्षीय व्यक्तिको हत्या छ र अर्का एक व्यक्ति घाइते भएका छन्। उत्तरी कमियान्स्केमा भएको हवाई आक्रमणमा एक बालकसहित पाँच जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
बिहीबार राति रुसले युक्रेनी ऊर्जा प्रणालीमा आफ्नो हमलालाई जारी राखेको र केही क्षेत्रहरूमा संकटकालीन लोडसेडिङ घोषणा गर्दै विद्युत् आपूर्तिलाई कटौती गरिएको युक्रनी प्रधानमन्त्री डेनिस स्मिगलले बताए।
ऊर्जा क्षेत्रमा रुसको लगातार हमलाले युक्रेनलाई तुरुन्तै थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता परेको भन्दै किभले आफ्नो पश्चिमी सहयोगीसँग बारम्बार सहयोगको आह्वान गरिरहेको छ।
“आक्रमण लगातार र व्यापक हुँदै गएका छन्, जसले युक्रेनको ऊर्जा सुरक्षामा खतरा बढेको छ,” युक्रेनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।
रुसले विगत दुई वर्षको युद्ध समयमा युक्रेनी ऊर्जा पूर्वाधारमा बारम्बार हमला गर्दै आइरहेको छ। यसलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘ऊर्जा आतंकवाद’ बताएका छन् भने संयुक्त राष्ट्रसंघले यसलाई गैरकानूनी घोषणा गरेको छ।
युक्रेनी वायुसेनाका अनुसार मस्कोले युक्रेनको ‘इन्धन र ऊर्जा क्षेत्र’लाई रातारात ९९ वटा मिसाइल र ड्रोनमार्फत हमला गरेको थियो, जसमध्ये ८४ वटा मिसाइललाई रोक्न युक्रेन सफल भएको थियो।
“रुसी मिसाइलले थर्मल र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टमा प्रहार गरेका थिए,“ राष्ट्रिय ग्रिड अपरेटर युक्रेनेर्गोले भने।
देशको मुख्य ऊर्जा प्रदायक डिटेकले तीन वटा थर्मल पावर स्टेसनमा आक्रमण हुँदा स्टेसन ‘गम्भीर रूपमा क्षतिग्रस्त’ भएको बताएको छ।
ऊर्जा मन्त्रालयको अनुसार आक्रमणले मध्य र पश्चिमी युक्रेनको चार क्षेत्रमा विद्युतीय पूर्वाधारमा पुगेको क्षतिका कारण लोडसेडिङ भएसँगै रेल यातायात अवरुद्ध भएको थियो।
वासिङ्टनबाट प्राप्त हुने ६० अर्ब रकम बराबरको सहायता प्याकेजमा ढिलाइ भएसँगै युक्रेनले युद्ध सामग्रीको अभावमा संघर्ष गरिरहेको छ।
युक्रेनका सशस्त्र सेनाका कमान्डर अलेक्जेन्डर सिस्र्कीले शुक्रबारको अवस्था तनावग्रस्त रहेको बताएका छन्। “रुसी पक्षले भारी तोप र मोटारको प्रयोग गरिरहेका छन्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
