विगत तीन दिनदेखि सोलखुम्बुको लुक्लामा मौसम प्रतिकूल बन्दा रामेछापको मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन्।
मन्थली– विगत तीन दिनदेखि सोलखुम्बुको लुक्लामा मौसम प्रतिकूल बन्दा रामेछापको मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन्।
शुक्रबार बिहानदेखि नै उडान नभएपछि लुक्ला जाने पर्यटक हेलिकप्टर चार्टर गरेर सोलुको सुर्केसम्म गएका छन्। कोही पर्यटक मन्थलीबाट सडकमार्ग हुँदै गाडीमा फाप्लु गएको नागरिक उड्डयन प्राधिकरण रामेछापका निमित्त कार्यालय प्रमुख पूजा थापाले बताइन्।
“सोलुखुम्बुको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा सीता, तारा र समिट एयरका विमान रामेछापको मन्थलीमै होल्ड गरिएको छ”, नागरिक उड्डयन प्राधिकरण मन्थलीका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले भने।
केही दिनयता मौसममा आएको खराबीको कारण नियमित सहज उडान हुन सकिरहेको छैन। भिजिबिलिटी कम भएपछि अहिले रामेछाप विमानस्थलबाट हेलिकप्टरले चार्टर उडान गरिरहेको हो।
गुरागाईंका अनुसार यहाँबाट हेलिकप्टरमार्फत सोलुकै सुर्के उडान गरिरहेको छ। दुई सय जनाभन्दा बढी यात्रु मन्थलीमै रोकिएका छन्। मन्थलीमा कुनै समस्या छैन तर लुक्लाको मौसमले समस्या भएको कारण जहाज पठाउन सकिएको छैन। शुक्रबार दिनभर रामेछापको आकाशमा हेलिकप्टरको चार्टर उडान मात्र भएका छन्।
यही चैत १२ गतेदेखि रामेछाप विमानस्थल (मन्थली–लुक्ला) उडान शुरू भएको थियो। सगरमाथालगायत प्रवेश गर्ने पर्यटक मन्थलीसम्म गाडीमा ल्याएर यहाँबाट उडान हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
