त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

चितवन– काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन्। 

शनिबार बिहान दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

“इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारमा सडकबाट ७०–८० मिटर तल खसेको हो। ट्याक्सी आधा डुबेको अवस्थामा छ,” उनले उकालोसँग भने, “पाँच जनाको शव फेला परेको छ। एक जना हराइरहेको भन्ने छ। खोजी गरिरहेका छौँ।”

प्रहरीका अनुसार मृतकको परिचय खुलेको छैन। ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।