यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छ। अन्य सात जना घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ।
दमक– झापाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ।
कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिए।
छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण भएको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताए।
लिम्बू परिवार केही वर्षदेखि रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा कटेरो बनाई बस्दै आएका थिए। वर्ष दिनअघि सोही बस्तीमा हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो।
यस्तै, तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो। उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन्।
यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छ। सात जना घाइते भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
